१९ औं एशियन गेम्सको बक्सिङ्गको अन्तिम छनौट सम्पन्न

महिलातर्फ ६ र पुरुषतर्फ ७ गरी १३ जना छनौट

१९ औं एशियन गेम्सको बक्सिङ्गको अन्तिम छनौट सम्पन्न : Icon Khabar

काठमाडौं, असार ३ । १९ औं एशियन गेम्सको बक्सिङ्गको अन्तिम छनौट सम्पन्न भएको छ । फ्लाई वैट ५० किलो महिला तौल समुहअन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२को आधारमा पराजित गरिन् ।

५४ किलो तौल समुह महिलातर्फ आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गरिन् ।

महिला ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५ः० को आधारमा पराजित गरिन् ।

६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । महिला ७५ केजीमा एपीएफकी सरस्वतिले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।

पुरुषतर्फ ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरिन् ।

पुरुषतर्फ ५७ किलो तौल समुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।

पुरुष ६३.५ किलो तौल समुहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे ।

पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।

पुरुष ९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे ।

९२ प्लस किलो तौल समुहमा आर्मीका आशिश दवाडी छनोट भए ।

Published Date: 18 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु