स्पेन नेसन्स लिग च्याम्पियन

स्पेन नेसन्स लिग च्याम्पियन : Icon Khabar

काठमाडौं, असार ४ । गोलरक्षक युनाई सिमोन नायक बन्दा अघिल्लो संस्करणको उपविजेता स्पेन युइएफए नेसन्स लिगकाे च्याम्पियन बनेको छ । क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा स्पेनले बाजी मार्न सफल भयो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेकाे प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

क्राेएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए । त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए ।

त्यसअघि फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र साडनडेथमा लम्बिदा स्पेनले बाजी मार्न सफल भयो ।

स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितिसकेको छ ।

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन । स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो ।

Published Date: 19 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु