स्पेन नेसन्स लिग च्याम्पियन

स्पेन नेसन्स लिग च्याम्पियन : Icon Khabar

काठमाडौं, असार ४ । गोलरक्षक युनाई सिमोन नायक बन्दा अघिल्लो संस्करणको उपविजेता स्पेन युइएफए नेसन्स लिगकाे च्याम्पियन बनेको छ । क्रोएसियालाई सडनडेथमा ५–४ ले पराजित गर्दै स्पेन च्याम्पियन बन्न सफल भएको हो ।

निर्धारित र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा स्पेनले बाजी मार्न सफल भयो । टाइब्रेकरमा स्पेनका जोसेलु, रोड्री, मिकेल मेरिनो र मार्काे एसेन्सियोले गोल गर्दा एमेरिक लापोर्टालेकाे प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।

क्राेएसियाका निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच र इभान पेरिसिचले गोल गर्न सफल हुँदा लोभ्रो माजेरको प्रहारलाई गोलरक्षक युनाई सिमोनले बचाए । त्यसपछि सडन डेथमा क्रोएसियाका ब्रुनो पेटकोभिचको प्रहार स्पेनका गोलरक्षक युनाई सिमोनले बचाउँदा स्पेनका ड्यानिल कार्भाजलले गोल गदै टोलीलाई च्याम्पियन बनाए ।

त्यसअघि फेइजेनुर्ड रोटरडम नेदरल्यान्ड्समा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र साडनडेथमा लम्बिदा स्पेनले बाजी मार्न सफल भयो ।

स्पेन विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जित्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि फ्रान्सले विश्वकप, युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जितिसकेको छ ।

स्पेनले ११ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो । स्पेनले सन् २०१२ मा युरो कपको उपाधि जितेयता कुनै उपाधि जित्न सकेको थिएन । स्पेनले सन् २०१२ मा युरोकपसँगै २०१० मा फिफा विश्वकप र २००८ मा युरोकप गरी उपाधिमा ह्याट्रिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 June 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट