विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित

विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित : Icon Khabar

काठमाडौं, असार ३ । कप्तान क्रेग एर्विन र सेन विलियम्सको शतकमा जिम्बावे आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई ८ विकेटले हराएको छ । जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहे । सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि एर्विन र विलियम्सले १सय २५ बलमा १ सय ६४ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए ।

सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे । उनले २९ बलमा ५ चौका प्रहार गरे । गुलशन झाको १७ औं ओभरको पहिलो बलमा करण केसीले वेस्लीको २० रनमा क्याच छाड्न पुगेका थिए । गुलशनको २४ औं ओभरको दोस्रो बलमा वेस्ली ३२ रनमा क्याच आउट भए ।

ठूलो सट खेलका उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । दोस्रो विकेटका लागि वेस्ली र क्रेग इर्विनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । गुलशन झा र सोमपाल कामीले समान एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिएपनि टोलीको जित दिलाउन सकेनन् । उनी स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा योर्कर बलमा बोल्ड आउट भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उनीहरु आउट भएपछि नेपालले बाँकी १८.१ ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो । त्यो नै हारको एक कारण बन्यो ।

उक्त साझेदारी नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । उक्त क्याच जिम्बावेलाई ठूलो भारी पर्यो । सूर्यको कारण चताराले कुशल मल्लको क्याच शून्यमा छाड्न पुगेका थिए ।

कुशल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट भए । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए ।

भीम सार्की गोल्डेन डक आउट भए । नेपालले पाँच रन पेनाल्टी समेत पाएको थियो । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६र आरिफ शेख १० रनमा आउट भए । करण केसी २ रनमा नट आउट रहे ।

जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट