भक्तपुरको सिर्जनानगर बस स्टपमा बस स्ट्यान्डको उद्घाटन

भक्तपुरको सिर्जनानगर बस स्टपमा बस स्ट्यान्डको उद्घाटन : Icon Khabar

भक्तपुर, असार १ । इनर ह्वील क्लब अफ भक्तपुरले आज भक्तपुरको सिर्जनानगर बस स्टपमा अवस्थित बस स्ट्यान्ड हस्तान्तरण गरेको छ।
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं ५ मा पर्ने सो बस स्टपका लागि बस स्ट्यान्ड (सिटिंग/वेटिङ स्ट्यान्ड) उद्घाटन गर्दै हस्तान्तरण गरेको हो।

इनर ह्वील क्लबकी डिस्ट्रिक्ट चेयेरम्यान सीमा झा, सुर्यविनायक नगरपालिका वडा नं ५ का वडाअध्यक्ष राज कुमार जोशी, इनर ह्वील क्लबकी अध्यक्ष सरस्वति वाग्लेले संयुक्त रूपमा सो बस स्ट्यान्डको उद्घाटन गरेका थिए।

सो बस स्ट्यान्ड उद्घाटन कार्यक्रममा जिल्ला सचिव टुना थापा, जिल्ला कोषाध्यक्ष आशा श्रेष्ठ, पूर्व अध्यक्ष रिना ताम्राकारलगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो बस स्ट्यान्डले बस स्टपमा सवारी साधनको प्रतिक्षामा बस्ने यात्रु र स्थानीयलाई धेरै राहत पुर्याउने क्लब ले अपेक्षा गरेको छ। बस स्ट्यान्डलाई प्रभु बैंकले प्रायोजन गरेको हो, त्यसैगरी सुरेश आछामीले डिजाइन तथा बलराम थापाले निर्माण गरेको हो ।

Published Date: 16 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी