कोशी प्रदेशले बिहिबार अध्यादेशमार्फत बजेट ल्याएपछि बाकि ६ प्रदेशले आज प्रस्तुत गर्ने

कोशी प्रदेशले बिहिबार अध्यादेशमार्फत बजेट ल्याएपछि बाकि ६ प्रदेशले आज प्रस्तुत गर्ने : Icon Khabar

काठमाडौं, असार १ । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छन् । हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् ।

कोशी प्रदेश सरकार बाहेकका अन्य प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमान प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने बिहीबार नै अध्यादेशमार्फत बजेट प्रस्तुत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2023
Website | + posts