इटालीलाई हराँउदै स्पेन नेसन्स लिगको फाइनलमा

इटालीलाई हराँउदै स्पेन नेसन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, असार १ । इटालीलाई पराजित गर्दै स्पेन युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा इटालीमाथि २–१ को जित निकाल्दै स्पेनले फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो ।

स्पेनको जितमा यारेमी पिनो र जोसेलुले गोल गरे । इटालीका सिरो इमोविलेले एक गोल फर्काए । डि ग्रोलसच भेस्टे नेदरल्यान्ड्समा खेलको तेस्रो मिनेटमा नै यारेमी पिनोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भयो ।

११औं मिनेटमा सिरो इमोविलेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २४औं मिनेटमा डाभिड फ्राटटेसीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा इटाली अग्रता लिनबाट चुक्यो ।

त्यसपछि अतिरिक्त समयतर्फ लम्बिएको खेलको ८८औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जितसँगै फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो ।

अब स्पेनले उपाधिका लागि १८ जुनको राति क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले बुधबारै नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गरी फाइनल पुगिसकेको छ । इटालीले भने तेस्रो स्थानको लागि नेदरल्यान्ड्ससँग १७ जुनको राति खेल्नेछ ।

Published Date: 16 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु