इटालीलाई हराँउदै स्पेन नेसन्स लिगको फाइनलमा

इटालीलाई हराँउदै स्पेन नेसन्स लिगको फाइनलमा : Icon Khabar

काठमाडौं, असार १ । इटालीलाई पराजित गर्दै स्पेन युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा इटालीमाथि २–१ को जित निकाल्दै स्पेनले फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो ।

स्पेनको जितमा यारेमी पिनो र जोसेलुले गोल गरे । इटालीका सिरो इमोविलेले एक गोल फर्काए । डि ग्रोलसच भेस्टे नेदरल्यान्ड्समा खेलको तेस्रो मिनेटमा नै यारेमी पिनोको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भयो ।

११औं मिनेटमा सिरो इमोविलेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २४औं मिनेटमा डाभिड फ्राटटेसीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा इटाली अग्रता लिनबाट चुक्यो ।

त्यसपछि अतिरिक्त समयतर्फ लम्बिएको खेलको ८८औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २–१ को जितसँगै फाइनलमा क्रोएसियासँगको भेट पक्का गरेको हो ।

अब स्पेनले उपाधिका लागि १८ जुनको राति क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले बुधबारै नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गरी फाइनल पुगिसकेको छ । इटालीले भने तेस्रो स्थानको लागि नेदरल्यान्ड्ससँग १७ जुनको राति खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 June 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता