नेपाली फिल्म ‘जय हो’ को फर्स्टलूक पोस्टर सार्वजनिक

नेपाली फिल्म ‘जय हो’ को फर्स्टलूक पोस्टर सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ ३२ । आगामी भदौ ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जय हो’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण टिमले बिहिबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार– प्रसारको काम थालेको जानकारी दिएको छ । सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समिर खान प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन् ।

Published Date: 15 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग