सतर्कता केन्द्रद्वारा सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन

सतर्कता केन्द्रद्वारा सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन : Icon Khabar

काठमाडौं, जेठ ३२ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

Published Date: 15 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग