सतर्कता केन्द्रद्वारा सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन

सतर्कता केन्द्रद्वारा सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन : Icon Khabar

काठमाडौं, जेठ ३२ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार भित्रका कर्मचारीहरुको छड्के अनुगमन गरेको छ । कर्मचारीहरुले ‘हाजिर गरेर टाप कस्ने’ (हाटा) गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको बताए ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

कर्मचारीहरु कार्यालय समय सुरु हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र बेलुका कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले आज बिहान १० बजेदेखि छड्के अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने