हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध

हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, जेठ ३२ । हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ तथा कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरतर्फ भट्टेडाँडा सडक खण्डमा बुधवार भएको वर्षापछि आएको पहिरोका कारण रातिदेखि सडक अवरुद्ध भएको छ ।

अर्कोतिर हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डको मकवानपुरको इन्द्र सरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा बिहीबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

यी सडक भएर यात्रा गर्ने सवारीसाधनहरुलाई पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि हेटौंडा आउने तथा काठमाडौं जाने सवारीसाधनहरु सडकमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

Published Date: 15 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग