हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध

हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ पहिरोले अवरुद्ध : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, जेठ ३२ । हेटौंडाहुँदै काठमाडौं जोड्ने कान्ति लोकपथ तथा कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरतर्फ भट्टेडाँडा सडक खण्डमा बुधवार भएको वर्षापछि आएको पहिरोका कारण रातिदेखि सडक अवरुद्ध भएको छ ।

अर्कोतिर हेटौंडाबाट काठमाडौं जाने छोटो दुरीको मार्ग कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक खण्डको मकवानपुरको इन्द्र सरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा बिहीबार बिहान आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

यी सडक भएर यात्रा गर्ने सवारीसाधनहरुलाई पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

राजमार्ग अवरुद्ध भएपछि हेटौंडा आउने तथा काठमाडौं जाने सवारीसाधनहरु सडकमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने