अमेरिकाको केन्द्रीय बैंकद्वारा ब्यादर नबढाउने निर्णय

अमेरिकाको केन्द्रीय बैंकद्वारा ब्यादर नबढाउने निर्णय : Icon Khabar

काठमाडौं, जेठ ३२ । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर स्थिर राख्ने भएको छ । फेडरल रिजर्भको बुधबार बसेको बैठकले १५ महिनाको निरन्तर वृद्धिपछि पहिलो पटक ब्यादर नबढाउने निर्णय गरेको हो ।

यसअघिको बैठकबाट निर्धारित ५%–५.२५% ब्यादर नै कायम राख्ने फेडरल रिजर्भले निर्णय गरेको छ । जुन सन् २००७ यताकै उच्च हो ।यद्दपि, हाललाई ब्याजदर स्थिर राख्ने निर्णय गरे पनि आगामी दिनमा ब्याजदर थप वृद्धि गर्ने बाटो खुला राखेकोे नीति निर्माताहरुले जानकारी गराएका छन् ।

बुधबारको बैठकमा सहभागी अधिकांश नीति निर्माताहरुले यस वर्षको अन्त्यसम्ममा ब्याजदर ५.६% सम्म पुग्ने अनुमान गरेका छन् । फेडरल रिजर्भको ब्याजदर स्थिर राख्ने निर्णयले तत्कालका लागि भने उपभोक्ताहरुलाई राहतको दिने देखिन्छ । यसअघि लगातार १० पटक ब्याजदर वृद्धि हुँदा ऋणीहरु महँगो धितो, क्रेडिट कार्ड र अन्य ऋणहरुबाट पीडित थिए ।

मुद्रास्फीति दर उच्च हुन थालेपछि फेडरल रिजर्भले सन् २०२२ को मार्च महिनादेखि निरत्नर ब्याजदर वृद्धि गर्दै आएको छ । यस वर्ष थप २ पटक ब्याजदर वृद्धि हुने र सन् २०२४ देखि ब्याजदर घट्ने अनुमान फेडरल रिजर्भको रहेको छ ।

Published Date: 15 June 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग