अमेरिकाको केन्द्रीय बैंकद्वारा ब्यादर नबढाउने निर्णय

अमेरिकाको केन्द्रीय बैंकद्वारा ब्यादर नबढाउने निर्णय : Icon Khabar

काठमाडौं, जेठ ३२ । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर स्थिर राख्ने भएको छ । फेडरल रिजर्भको बुधबार बसेको बैठकले १५ महिनाको निरन्तर वृद्धिपछि पहिलो पटक ब्यादर नबढाउने निर्णय गरेको हो ।

यसअघिको बैठकबाट निर्धारित ५%–५.२५% ब्यादर नै कायम राख्ने फेडरल रिजर्भले निर्णय गरेको छ । जुन सन् २००७ यताकै उच्च हो ।यद्दपि, हाललाई ब्याजदर स्थिर राख्ने निर्णय गरे पनि आगामी दिनमा ब्याजदर थप वृद्धि गर्ने बाटो खुला राखेकोे नीति निर्माताहरुले जानकारी गराएका छन् ।

बुधबारको बैठकमा सहभागी अधिकांश नीति निर्माताहरुले यस वर्षको अन्त्यसम्ममा ब्याजदर ५.६% सम्म पुग्ने अनुमान गरेका छन् । फेडरल रिजर्भको ब्याजदर स्थिर राख्ने निर्णयले तत्कालका लागि भने उपभोक्ताहरुलाई राहतको दिने देखिन्छ । यसअघि लगातार १० पटक ब्याजदर वृद्धि हुँदा ऋणीहरु महँगो धितो, क्रेडिट कार्ड र अन्य ऋणहरुबाट पीडित थिए ।

मुद्रास्फीति दर उच्च हुन थालेपछि फेडरल रिजर्भले सन् २०२२ को मार्च महिनादेखि निरत्नर ब्याजदर वृद्धि गर्दै आएको छ । यस वर्ष थप २ पटक ब्याजदर वृद्धि हुने र सन् २०२४ देखि ब्याजदर घट्ने अनुमान फेडरल रिजर्भको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने