फेंकाले विविध कार्यक्रम गर्दै सफलतापुर्वक मनायो अन्तर्राष्ट्रिय एभेरेस्ट डे २०२३

फेंकाले विविध कार्यक्रम गर्दै सफलतापुर्वक मनायो अन्तर्राष्ट्रिय एभेरेस्ट डे २०२३ : Icon Khabar

मेलबर्न, जेठ ३१ । अस्ट्रेलियाको मेलबर्नमा अवस्थित नेपालीहरुको संस्था फेडेरेसन अफ नेपलीज कम्युनिटी एशोसियसन अफ अष्ट्रेलिया (फेन्का) को भिक्टोरीया राज्य समितिको आयोजनामा गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ विविध कार्यक्रमको आयोजना गरि सफलतापूर्वक सम्पन्न भएको छ।

सामुदायिक भावना र ग्लोबल वार्मिङ सम्बन्धि जनचेतना प्रवर्द्धन र सगरमाथाको उचित संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सगरमाथा र जलबायु परिवर्तन विषयक चित्रकला प्रतियोगिता, सगरमाथा र ग्लोबल वार्मिङ सचेतनाका लागि पदयात्रा, यसको महत्व, ग्लोबल वार्मिङका असर र यसको रोकथामका लागि चाल्नु पर्ने आवस्यक कदमहरुका बारेमा छलफल लगायत बारबेक्युको आयोजना गरिएको थियो।

सगरमाथा र जलवायु परिवर्तन विषयक चित्रकला प्रतियोगितामा मेल्बर्नको विभिन्न क्षेत्रमा संचालित हाम्रो नेपाली पाठशाला, न्याभ बाल चौतारी नर्थ, इ डब्लु एन सी बाल बाटिका, न्याभ बाल चौतारी वेस्ट, क्रेनबर्न ज्ञानज्योति पाठशाला, न्याभ बाल चौतारी डोरेन मेरंडा, क्रेगिबर्न नेपाली एथनिक विद्यालय तथा बाल संसार ग्लेंरोय गरि आठवटा नेपाली विद्यालयहरुको सहभागिता रहेको थियो।

सो कार्यक्रममा विभिन्न उमेर समूह अन्तर्गत ५- ८, ९-१२ र १३-१६ बर्षका विद्यार्थीहरुको छुटाछुट्टै ग्रुप बनाई प्रतियोगिता गरिएको थियो। उमेर समुह ५-८ बर्षको समुहमा ९८ जना, ९-१२ वर्षको समुहमा ९५ जना र १३-१६ वर्षको समुहमा ११ जना विद्यार्थीहरुले भाग लिएका थिए।

चित्रकला प्रतियोगिताका लागि नेपालका ३ जना निर्णायकहरु थिए। राष्ट्रीय ललितकला संघका बर्तमान अध्यक्ष दिपेन्द्र बनेपाली, विभिन्न विद्यालयमा चित्रकला अध्यापन गराउदै आएका नेपाल कमर्सियल आर्टिस्ट संघका सदस्य मनोज कुमार राना मगर र चित्रकला तथा मूर्तिकलामा पीएचडि गर्दै रहेका सुधन श्रेष्ठले प्रतियोगितामा सहभागी विभिन्न उमेर समूहबाट प्रथम, दृतिय तथा तृतीय स्थानका प्रतियोगीहरुको चयन गरेका थिए।

विजयी विद्यार्थीहरु मध्ये ५-८ उमेर समुहबाट न्याभ बाल चौतारी वेस्टका शायना चालिसे प्रथम, इ डब्लु एन सी बाल बाटिकाका साहना अर्याल दृतिय तथा क्रेनबर्न ज्ञानज्योति पाठशालाका आरभ अधिकारी तृतीय भएका थिए भने ९-१२ उमेर समुहबाट न्याभ बाल चौतारी नर्थका प्रेक्षा रिजाल प्रथम, न्याभ बाल चौतारी नर्थकै शान नेउपाने दृतिय तथा इ डब्लु एन सी बाल बाटिकाका सलिना कंडेल तृतीय भएका थिए।

त्यसैगरी १३-१६ उमेर समुहबाट हाम्रो नेपाली पाठशालाका क्रमश: सुरेजा श्रेष्ठ प्रथम, ओलिभिया लामिछाने दृतिय र निर्भान सिवाकोटी तृतीय भएका थिए।

प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सिटीमा अवस्थित यारा रिभर पार्कमा मे २८ तारिखका दिन आयोजना गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ मा विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।

फेंका भिक्टोरियाका राज्य संयोजक भोला गिरीले कलात्मक अभिव्यक्ति र सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्न संस्थाको प्रतिबद्धतालाई जोड दिँदै चित्रकला प्रतियोगिताले सबै बालबालिकालाई समेट्न, सगरमाथा र क्लाइमेट चेन्जका बारेमा उनीहरुको भावना चित्र मार्फत पोख्न र उनीहरुमा भएको क्षमतालाइ उजागर गर्ने मौका प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे।

“सगरमाथा र ग्लोबल वार्मिङ सचेतनाका लागि पदयात्रा संस्थाको हस्ताक्षर कार्यक्रम बनेको बताउदै फेन्काका उपाध्यक्ष बम योन्जनले अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२३ कार्यक्रममा उपस्थित प्रमुख अतिथि बहुसांस्कृतिक मामिला मन्त्री माननीय सांसद डा. कोलिन ब्रुक्स लायत बिभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु लगायत चित्रकला प्रतियोगिता सफल रुपमा संचालन गर्न संयोजकको भूमिका निर्वाह गरेका न्याभ बाल चौतारीका वेस्टका संयोजक सुशील चालिसे, सम्पूर्ण सहभागी विद्यालयका संयोजक, शिक्षक, विद्यार्थीहरु र स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरेका थिए।

त्यसैगरी नेपाल भ्रमणमा रहेका फेंका अस्ट्रेलियाका कोषाअध्यक्ष राजन कोइरालाले एक समारोहबीच चित्रकला प्रतियोगिताका सम्पूर्ण निर्णायक मण्डलका दिपेन्द्र बनेपाली, मनोज कुमार राना मगर र सुधन श्रेष्ठ लगायत नेपालमा निर्णायक मण्डलको संयोजन गर्न मुख्य भूमिका निर्वाह गरेका मोडर्न स्कूलका प्रिन्सिपल अनिल कसपाललाई खादा, मायाको चिनो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

साथै कोइरालाले फेंका भिक्टोरियाको आयोजनामा संचालित चित्रकला प्रतियोगिता सफल रुपमा समापन गर्न मुख्य भूमिका निर्वाह गरेकोमा सम्पूर्ण व्यक्तित्वहरुलाई संस्थाको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts