क्याननद्वारा नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक

क्याननद्वारा नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ ३१ । जापानी क्यामेरा कम्पनी क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ । जापानमा आयोजित ‘फोटो नेक्स्ट २०२३ सो’ नामक कार्यक्रममा क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

यी क्यामेराहरूलाई कम्पनीले अहिले नै कुनै नाम भने दिइसकेको छैन । यो क्यामेरा १८० र ३६० दुवै डिग्रीमा फोटो खिच्नसक्छ । कम्पनीले यसको प्रोटोटाइप प्रदर्शनीमा राखे पनि यसको फिचरहरूको विषयमा भने धेरै जानकारी दिएको छैन ।

यो बजारमा कहिलेदेखि उपलब्ध हुनेछ अथवा उपलब्ध हुने पनि छ कि छैन भन्ने विषयमा पनि कम्पनीले अहिले नै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।

बजारमा क्याननलाई नयाँ प्रविधि अंगाल्न नसकेको कम्पनीको रुपमा आलोचना गरिँदै आएको छ । यसैबीच कम्पनीले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

Published Date: 14 June 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग