क्याननद्वारा नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक

क्याननद्वारा नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक : Icon Khabar

काठमाडौं, जेठ ३१ । जापानी क्यामेरा कम्पनी क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ । जापानमा आयोजित ‘फोटो नेक्स्ट २०२३ सो’ नामक कार्यक्रममा क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

यी क्यामेराहरूलाई कम्पनीले अहिले नै कुनै नाम भने दिइसकेको छैन । यो क्यामेरा १८० र ३६० दुवै डिग्रीमा फोटो खिच्नसक्छ । कम्पनीले यसको प्रोटोटाइप प्रदर्शनीमा राखे पनि यसको फिचरहरूको विषयमा भने धेरै जानकारी दिएको छैन ।

यो बजारमा कहिलेदेखि उपलब्ध हुनेछ अथवा उपलब्ध हुने पनि छ कि छैन भन्ने विषयमा पनि कम्पनीले अहिले नै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।

बजारमा क्याननलाई नयाँ प्रविधि अंगाल्न नसकेको कम्पनीको रुपमा आलोचना गरिँदै आएको छ । यसैबीच कम्पनीले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts