भक्तपुरको खौमामा पार्किङ्ग व्यवस्थापन सम्बन्धि सुझाव संकलन

भक्तपुरको खौमामा पार्किङ्ग व्यवस्थापन सम्बन्धि सुझाव संकलन : Icon Khabar

भक्तपुर, जेठ ३१ । भक्तपुर नगरपालिका वडा नं २ स्थित खौमा स्थित सवारी साधन पार्किङ्ग व्यवस्थापन गर्ने कार्यक्रम बुधाबर सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले बढ्दो आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न आउँदा आफ्नो सवारी साधनलाई पार्किङ्ग गर्न ठाउँ खोज्नु पर्ने चुनौतीलाई व्यवस्थापन गर्न वडावासी र सरोकारवालाले सहकार्य गर्दै अघि बढ्नु पर्नेमा जोड दिए।

भक्तपुरको शैक्षिक, स्वास्थ्य सेवा, सम्पदा पुनर्निर्माण र विकास कार्यमा जनताको प्रत्यक्ष सहभागिता रहेकोले दिगो विकासमा टेवा पुगेको बताउनुका साथै आर्थिक पारदर्शिता, मितव्ययिता र इमान्दारीपूर्वक उपभोक्ता समितिमार्फत विकास निर्माण कार्य भइरहनु भक्तपुरको विशेषता रहेको बताए।

वडा नं २ का वडाअध्यक्ष हरिप्रासाद बासुकलाले जनाताको सुझाव अनुसार नै योजनाहरु छनोट गरि विकास कार्य गरिरहेको बताए। भक्तपुर प्रवेशसँगै सिद्धपोखरीदेखि खौमा क्षेत्रमा आइपुग्दा भोग्नु पर्ने `सवारी साधन पार्किङ्गलाई व्यवस्थापन गर्न लामो समयदेखि छलफल भैरहेको र उक्त क्षेत्रमा पैदलयात्रीलाई सहज हिड्ने, पार्किङ्ग व्यवस्थापन र पसलको बोर्ड व्यवस्थापन गर्ने कार्यको लागि सुझाव संकलन कार्य अति महत्वपूर्ण रहेको चर्चा गरे।

उक्त कार्यक्रममा स्थानीयवासीहरु विनोद चरण राय, राम प्रसाद स्वोंगमिखा, विजय रत्न शाक्य, राजेन्द्र कसलवट, पुण्यराम देशेमरु लगायतले आ आफ्नो विचार राख्दै आवश्यक सहयोग गर्ने बताए। कार्यक्रममा वडा सदस्यहरु श्याम सुन्दर मातां, मन्जु लाखाजुले पनि बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts