बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, जेठ ३१ । सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2023
Website | + posts




ताजा
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो
कोरिया सरकारले नेपालमा छुट्टै भिसा सेन्टर स्थापना गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)