उरुग्वे यू२० विश्वकप च्याम्पियन

उरुग्वे यू२० विश्वकप च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ २९ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे यू२० विश्वकपको च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो ।

अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई च्याम्पियन बन्न पर्याप्त रह्यो ।

तीनपल्ट फाइनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल तेस्रो भएको छ ।

इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकप भर कुल ७ गोल गर्न सफल भएका थिए ।

२० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

Published Date: 12 June 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड