उरुग्वे यू२० विश्वकप च्याम्पियन

उरुग्वे यू२० विश्वकप च्याम्पियन : Icon Khabar

काठमाडौं, जेठ २९ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वे यू२० विश्वकपको च्याम्पियन बनेको छ । इटालीको युवा टोलीमाथि १–० को जित निकाल्दै उरुग्वेको युवा टोली यू२० विश्वकपको च्याम्पियन बन्न सफल भएको हो ।

अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई च्याम्पियन बनाउन खेलको अन्त्यतिर लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई च्याम्पियन बन्न पर्याप्त रह्यो ।

तीनपल्ट फाइनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल तेस्रो भएको छ ।

इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकप भर कुल ७ गोल गर्न सफल भएका थिए ।

२० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts




ताजा
नागढुंगा सुरुङबाट दशैंमा बस चलाउने सरकारको तयारी किन भएन कार्यान्वयन ?
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्यो
विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने