नेपाल–चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ को तयारी तिब्र

नेपाली पर्यटनमा नयाँ प्रडक्ट स्थापित हुने आयोजकको धारणा

नेपाल–चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ को तयारी तिब्र : Icon Khabar

काठमाडौँ, जेठ २५ । पोखरामा आयोजना हुन गइरहेको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलको तयारी तिब्र रुपमा भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) संगको सहकार्यमा असार ८ र ९ गते (२३–२४ जुन २०२३ ) हुन लागेको फेस्टिभलको तयारीका सम्बन्धमा जानकारी दिन नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै चिनीयाँ दुतावास, काठमाण्डौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बनध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताए।

डीसीएम वाङ जिनले यस्तो वोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हँदै आइरहको जानकारी दिँदै नेपालमा आयोजना गरिएको यो कार्यक्रम दषिण एशिया मै पहिलो भएको बताए । साथै उहाँले यो फेस्टिवल एशियन गेममा समेत सहभागी गराइने खेल रहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए । उनले यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच रहेको समेत जानकारी दिए। ‘ यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ नै । यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ । यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता जरुरी छ । ’ उनले भने।

पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा गरिएको बताए । उनले यो कार्यक्रममा पनि चीनबाट चार्टर उडान गर्ने प्रयास भइरहको उहाँले जानकारी दिए।

कार्यक्रमा अवसरमा फेस्टिवलको लोगो तगथा पर्वद्धनात्मक भियियो समेत अनावारण गरिएको थियो । नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमा सम्बन्धमा गत वैशाख २१ गते बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारी तथा पोखरा महानगरपालिकाका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Published Date: 08 June 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता