भक्तपुरको इताछेँमा अवस्थित नारमल्ला पाटी (फल्चा ) को शिल्यान्यास

भक्तपुरको इताछेँमा अवस्थित नारमल्ला पाटी (फल्चा ) को शिल्यान्यास : Icon Khabar

भक्तपुर, जेठ २५ । भक्तपुर नगरपालिका वडा नं. २ इताछेँस्थित नारमल्ला फल्चाको बिहीबार एक कार्यक्रमबीच शिलान्यास भएको छ।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिल्यानास गरेको सो कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर देशकै सानो नगरपालिका भएर पनि सबैको लागि उदाहरणीय काम गर्दै आएको बताउदै भक्तपुरलाई शिक्षा, स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आएको बताए। शिक्षामा पछाडि परेको समाज सबै क्षेत्रमा पछाडि पर्ने बताउदै भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरुमा देशभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गरिरहेको बताए।

भक्तपुर नगरपालिकाले लोपोन्मुख सम्पदाहरुलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरुको प्राप्त प्रमाणहरुको आधारमा उत्खनन् गरी संरक्षित राख्ने काममा जोड दिंदै आएको पनि बताए ।

सोहि कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउँदै जनताको माग र आवश्यकताअनुसारका योजनाहरुलाई प्राथमिकताको आधारमा अगाडि बढाउँदै जाने बताए । भनपा वडा नं. २ ले आ.व. २०७९।८० मा ११ वटा सम्पदाहरु निर्माण सम्पन्न गरिसकेको बताउँदै जनताको गुनासो सम्बोधन गर्न क्रियाशीलका साथ अगाडि बढिरहेको बताए।

कार्यक्रममा भनपा २ का पार्टी इन्चार्ज राजन जति, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मन्जुमैयाँ लाखाजु र नरमल्ला फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त खर्बुजाले पनि आ आफ्नो विचार राखेका थिए।

Published Date: 08 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु