असार १ गतेदेखि सडक खन्न पाईंदैन: सडक विभाग

असार १ गतेदेखि सडक खन्न पाईंदैन: सडक विभाग : Icon Khabar

काठमाडौँ, जेठ २५ । सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजनहरू मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।

जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी सूचना दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 June 2023
Website | + posts