राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडबीच शिष्टाचार भेट

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडबीच शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, जेठ २३ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएडबीच सिंहदरबारस्थित संसद् सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निःशस्त्रीकरण पक्षधर भएको बताए । ‘‘सबै प्रकारका हतियारको निःशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्षको रूपमा रही आएको छ ।’’ उनले भने, ‘‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्ध र सम्पूर्ण निःशस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरूप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’’

अध्यक्ष तिमिल्सिनाले संसद्को चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसदमा प्रस्तुत गरेमा संसद् त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिँदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरूको उल्लेख्य सङ्ख्याले नेपाल प्रोत्साहित भएको बताए । नेपाल शान्ति र अहिंसाका प्रवर्द्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts