वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग मानव अधिकार आयोगको आग्रह

वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग मानव अधिकार आयोगको आग्रह : Icon Khabar

काठमाडौं, जेठ २३ । राष्ट्रिय मानव अधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानवअधिकार आयोगले स्वच्छ वातावरणमा नागरिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षित, स्वच्छ र स्वस्थ वातावरणसम्बन्धी संवैधानिक र कानुनी अधिकारको कार्यान्वयनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक कार्यका साथै स्वच्छ वातावरणको हकको प्रत्याभूतिका लागि राष्ट्रिय मानवअधिकार आयोगका विगतका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक छ ।

मानवअधिकार उन्मुख विकास प्रणालीमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक शोषण रोक्न प्रभावकारी र सार्थक कार्यक्रम तर्जुमा गर्न र वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्न सक्ने नकारात्मक असरप्रति सजग रहन सबै व्यवसायी समुदाय र निजी क्षेत्रलाई आग्रह गरेको छ ।

‘विकासमा मानवअधिकारमुखी प्रणाली अवलम्बन गर्न नसक्नुका साथै प्लास्टिकजन्य वस्तुको अत्याधिक र अव्यवस्थित प्रयोग, ढुङ्गा, बालुवालगायत प्राकृतिक स्रोतको उत्खननका कारण वातावरण प्रदूषण बढेको छ ।

Published Date: 06 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी