वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग मानव अधिकार आयोगको आग्रह

वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग मानव अधिकार आयोगको आग्रह : Icon Khabar

काठमाडौं, जेठ २३ । राष्ट्रिय मानव अधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

विश्व वातावरण दिवसका अवसरमा सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानवअधिकार आयोगले स्वच्छ वातावरणमा नागरिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षित, स्वच्छ र स्वस्थ वातावरणसम्बन्धी संवैधानिक र कानुनी अधिकारको कार्यान्वयनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक कार्यका साथै स्वच्छ वातावरणको हकको प्रत्याभूतिका लागि राष्ट्रिय मानवअधिकार आयोगका विगतका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक छ ।

मानवअधिकार उन्मुख विकास प्रणालीमा जोड दिन, प्रकृतिको अनियन्त्रित र अवैज्ञानिक शोषण रोक्न प्रभावकारी र सार्थक कार्यक्रम तर्जुमा गर्न र वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

उद्योग, व्यवसाय सञ्चालन गर्दा वातावरणमा पर्न सक्ने नकारात्मक असरप्रति सजग रहन सबै व्यवसायी समुदाय र निजी क्षेत्रलाई आग्रह गरेको छ ।

‘विकासमा मानवअधिकारमुखी प्रणाली अवलम्बन गर्न नसक्नुका साथै प्लास्टिकजन्य वस्तुको अत्याधिक र अव्यवस्थित प्रयोग, ढुङ्गा, बालुवालगायत प्राकृतिक स्रोतको उत्खननका कारण वातावरण प्रदूषण बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने