भक्तपुरमा रैथाने उत्पादन अर्थात गो लोकल सम्बन्धिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुरमा रैथाने उत्पादन अर्थात गो लोकल सम्बन्धिको अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २३ । भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा भक्तपुरमा क्रियाशिल सरोकारवाला संघ सस्थाहरुसँग रैथाने उत्पादन अर्थात गो लोकल सम्बन्धिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

भक्तपुरका मौलिक उत्पादनलाई संस्कृति तथा पर्यटनसँग जोडी ती उद्योग व्यवसायलाई जिवन्तता दिन सरोकारवाला संघ सस्थाले निभाउनु पर्ने भुमिका बारे जानकारी लिने हेतुले सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सो अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले परम्परागत रुपमा संचालनमा रहेको लघु घरेलु तथा साना उद्योगमा विद्यमान रहेको समस्याहरु पहिचान गरी सो समस्यालाई सम्बन्धित निकाय सम्म पुर्याई दिर्घकालिन समाधानको उपाय खोज्नु गो लोकल कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी गराए ।

त्यसै गरी गो लोकलका संयोजक विरेन्द्र जतिले गो लोकल संचालन गर्नुको मुख्य उद्देश्यबार प्रस्टाउँदै स्थानीय निकायले यस तर्फ चासो दिन नसकेको बताए।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्श अध्यक्ष न्हुन्छे रत्न मानान्धरले रैथाने उत्पादनलाई निरन्तरता दिन संघ प्रदेश र स्थानीय निकायले बजेटको व्यवस्था गरी प्रोत्साहन गर्नु पर्ने तथा परम्परागत रुपमा उत्पादन गरी रहेको स्थानीय उत्पादनलाई सहकारी मार्फत वा सामुदायिक लगानी गरी बृहत उत्पादन तर्फ लाग्नु पर्ने बताए।

त्यसै गरी हस्तकला संघका अध्यक्ष श्याम चित्रकारले हस्तकलाका सामानहरु उत्पादन गर्दा समान गुणस्तर नहुने भएकोले निश्चित मापदण्द बनाउनु पर्ने बताए। साथै उनले हस्तकलाका सामानहरु एकैपटक धेरै माग भएपनि बनाउन नसकिने जानकारी गराए।

कार्यक्रममा किराना तथा खाद्य व्यवशायी संघका अध्यक्ष केपी चवालले स साना उद्यमीले खाद्यन्न प्याकिङ्ग गर्दा खाद्य अनुज्ञा पत्र लिनु पर्ने कुरा व्यवहारिक नभएका र नापतोलको कार्यालय स्थानीय तहमै राख्न पहल गर्नुपर्ने बजार अनुगमन आउँदा सम्बन्धित विषयका विषशज्ञ सहित आउनु पर्ने लागयतका सुझावहरु दिए।

कपडा तथा सिलाई व्यवसाय संघका अध्यक्ष सुभारत्न बज्राचार्यले स्थानीय निकाय अन्तर्गतका कार्यालयमा लगाईने पोशाक स्थानीय सिलाई व्यवसायीहरुबाटै सिलाएको लगाउन पहल गरेको खण्डमा राम्रो हुनुका साथै परम्परागत पोशाकलाई स्थानिय निकायले प्राथमिकता दिन सके यहाँको मौलिकता जिवन्तहुने बताए।

राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष मनोज थापाले स्थानीय प्रदेश वा संघमा जाँदा जस्ले समस्या देखेको हुन्छ उसले समाधानका उपाय पनि थाहा हुने भएकोले समस्याको साथै समाधान पनि लिएर जानु पर्ने बताउँदै अनुगमन गलत नियतले गरेको नभई उपभोक्ता तथा बिक्रता दुबैलाई सचेतना गर्नको लागि निरन्तर अनुगमनको आवश्यक भएको बताए । उनले यहाँ रैथाने उद्योगलाई व्यवस्थित गरी एकरात भएपनि भक्तपुरमा बस्ने वातावरण बनाउन सके अझ आर्थिक रुपमा यहाँका जनता सवल हुने धारणा राखे।

त्यसैगरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुज्यूले यहाँको रैथाने उत्पादनलाई जोगाउन सर्वप्रथम पुराना विउ विजन जोगाउन अति आवश्यक भएको हुन्दा यस तर्फपनि स्थानीय निकायको ध्यान जानु पर्ने बताए । भक्तपुरमा आएका पर्यटकहरुलाई पुर्खाले छोडेर गएका सम्पदामात्र नभई अहिलेका युवाहरुले गरिरहेको क्रिया कलापहरुलाई पनि जानकारी गराई ती युवाले उत्पादन गरेको बस्तु तथा सेवाहरुलाई पनि प्रचार प्रसार गर्नु पर्ने बताए।

भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैंजुले घरेलु उत्पादन सधै एउटै गुणस्तरको नहुने भएकोले यस्को मापदण्द बनाई जु जु धौलाई ब्राण्डिड गर्नुपर्ने बताए । साथै सरकारले अनुदान दिन्दा पनि वास्तविक तथा काम गरिरेहा उद्यमी भन्दा पनि राजनिति पहुँचको आधारमा झोले उद्यमीहरुले मात्र पाईरहेकोमा गुनासो गरे ।

कार्यक्रममा हस्तकला संघका निवर्तमान अध्यक्ष गणेशमान राजचलले गुणस्तरिय काठ उपलब्ध नहुँदा मौलिकतामा ह्रास आएको दक्ष कामदारको अभाव भएको बताए। मध्यपुर माक्स मेकिङ्कका प्रोपाईटर सोम तामाङ्गले कच्चा पर्दाथको अभावले व्यवशायबाट पलायन हुनु पर्ने अवस्था आएको बताउँदै भक्तपुरको निश्चित क्षेत्रको मोटो मुकुड बनाउन अति उपयोगी भएको हुन्दा त्यस्ता क्षेत्रको स्थानीय निकायले संरक्षण गर्ने पर्ने बताए ।

किसान टेक बहादुर लाखा, हरिगोपाल त्वायनाले किसानले उत्पादन नगरिकन कुनै पनि सस्कृति रहन सहन बाँच्न नसक्ने भएतापनि किसान पेशा सधै उपक्षित रहन्दै आएको जानकारी गराए।

कार्यक्रममा भक्तपुर पर्यटन व्यवशायी संघका निवर्तामान अध्यक्ष रामसुन्दर भेलेले अन्तरक्रिया कार्यक्रममा उठेका विषयबारे टिपण्णी गर्दै भक्तपुरमा रहेका रैथाने उत्पादनका उद्योगलाई पर्यटन सँग जोडी ती पर्यटकलाई उद्योग सँग ल्याउन गुगल म्यापको अवधारणा ल्याएको जानकारी गराउदै भक्तपुर घुम्न आउँदा कोसेली स्वरुप के लग्ने भने अन्योलको समाधान गो लोकल मार्फत गर्न लागेको जाकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2023
Website | + posts