सेयर बजारमा हरियाली, आइजिआई प्रुडेन्सियलसहित पाँच कम्पनीको सेयरमा सर्किट

सेयर बजारमा हरियाली, आइजिआई प्रुडेन्सियलसहित पाँच कम्पनीको सेयरमा सर्किट : Icon Khabar

काठमाडौँ, जेठ २१ । आइतबार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४७ अंकले बढेर ३६५.१० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज १५ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र चिलिमे हाइड्रोपावरको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आइसीएफसी फाइनान्स र लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Published Date: 04 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली