सेयर बजारमा हरियाली, आइजिआई प्रुडेन्सियलसहित पाँच कम्पनीको सेयरमा सर्किट

सेयर बजारमा हरियाली, आइजिआई प्रुडेन्सियलसहित पाँच कम्पनीको सेयरमा सर्किट : Icon Khabar

काठमाडौँ, जेठ २१ । आइतबार नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४७ अंकले बढेर ३६५.१० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको प्रमोटर सेयर अग्रिम स्थानमा छ। यसको आज १५ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र चिलिमे हाइड्रोपावरको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, आइसीएफसी फाइनान्स र लक्ष्मी इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts