नेपाललाई सिरिज उपाधि

रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी

नेपाललाई सिरिज उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको छ । नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । नेपालले पहिलो ओभरको तेस्रो बलमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।

महिराह इजातीले इन्दु बर्मालाई ५ रनमा बोल्ड गर्दा नेपाल ४ ओभरमा २०-२ को अवस्थामा थियो । सीताले प्रहार गरेको सटमा नन स्ट्राइकबाट रन लिनेक्रममा सम्झना खड्का रन आउट हुन पुगिन् ।

११ औं ओभरको तेस्रो बलमा नुर दानियाले सीता रानालाई कप्तान मास एलिसाबाट क्याच गराएपछि नेपाल केहि दबाबमा परेको थियो । ऐश्या एलिसाले विन्दु रावललाई ५ रनमा एलबीडब्लू आउट गरिन् ।

कप्तान रुविना विनीफ्रेडको बलमा २३ रनमा बोल्ड आउट भएपछि नेपाल केहि दबाबमा देखिएको थियो । रुविनाले ३० बलमा ३ चौका प्रहार गरिन् । अप्सरी बेगम १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १६ बलमा १ चौकासहित १४ रनमा नटआउट रहिन् । मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रन बनाएकी थिइन् । महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।

मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् । पहिलो विकेटका लागि विनीफ्रेड र वान जुलियाले ७.३ ओभरमा ३८ रनको साझेदारी गरेका थिए ।

स्पिनर कविता जोशीले विनीलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा कप्तान मास एलिसा यासमिन एलबीडब्लू आउट भएपछि खेलमा फर्किने संकेत देखाएको थियो । तर त्यसपछि नेपालले विकेट लिन सकेन ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् ।

Published Date: 04 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली