नेपाललाई सिरिज उपाधि

रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी

नेपाललाई सिरिज उपाधि : Icon Khabar

काठमाडौँ, जेठ २१ । नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको छ । नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । नेपालले पहिलो ओभरको तेस्रो बलमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।

महिराह इजातीले इन्दु बर्मालाई ५ रनमा बोल्ड गर्दा नेपाल ४ ओभरमा २०-२ को अवस्थामा थियो । सीताले प्रहार गरेको सटमा नन स्ट्राइकबाट रन लिनेक्रममा सम्झना खड्का रन आउट हुन पुगिन् ।

११ औं ओभरको तेस्रो बलमा नुर दानियाले सीता रानालाई कप्तान मास एलिसाबाट क्याच गराएपछि नेपाल केहि दबाबमा परेको थियो । ऐश्या एलिसाले विन्दु रावललाई ५ रनमा एलबीडब्लू आउट गरिन् ।

कप्तान रुविना विनीफ्रेडको बलमा २३ रनमा बोल्ड आउट भएपछि नेपाल केहि दबाबमा देखिएको थियो । रुविनाले ३० बलमा ३ चौका प्रहार गरिन् । अप्सरी बेगम १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १६ बलमा १ चौकासहित १४ रनमा नटआउट रहिन् । मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रन बनाएकी थिइन् । महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।

मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् । पहिलो विकेटका लागि विनीफ्रेड र वान जुलियाले ७.३ ओभरमा ३८ रनको साझेदारी गरेका थिए ।

स्पिनर कविता जोशीले विनीलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा कप्तान मास एलिसा यासमिन एलबीडब्लू आउट भएपछि खेलमा फर्किने संकेत देखाएको थियो । तर त्यसपछि नेपालले विकेट लिन सकेन ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2023
Website | + posts


ताजा
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
११ वर्षपछि आईपीएलको फाइनलमा पञ्जाब, मुम्बईलाई हराउँदै बेंगलुरुसंग फाइनल भिडन्त पक्का
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग