राहुल सेमिफाइनलमा

राहुल सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, जेठ १९ । काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे । टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित गोलेलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको संघीय सांसद उदयशमशेर राणाले एक कार्यक्रमबीच जुरी राजन गहतराजलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट करातेका स्वर्ण विजेता सुनिल घलान र उसुका राष्ट्रिय खेलाडी शिवजी सिलवाललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल