राहुल सेमिफाइनलमा

राहुल सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, जेठ १९ । काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे । टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित गोलेलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको संघीय सांसद उदयशमशेर राणाले एक कार्यक्रमबीच जुरी राजन गहतराजलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट करातेका स्वर्ण विजेता सुनिल घलान र उसुका राष्ट्रिय खेलाडी शिवजी सिलवाललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी छन् ।

Published Date: 02 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु