राष्ट्रिय रिङ रेस्लिङ भोलि

राष्ट्रिय रिङ रेस्लिङ भोलि : Icon Khabar

काठमाडौं, जेठ १९ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच विजेताले १ लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् । सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । कार्यक्रम प्रस्तोतामा जीवन तामाङ छन् ।

प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

Published Date: 02 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु