नविल बैंकले देशैभर एकैसाथ ३८ वटा शाखा खोल्यो, सबैभन्दा बढि शाखा बागमती प्रदेशमा

नविल बैंकले देशैभर एकैसाथ ३८ वटा शाखा खोल्यो, सबैभन्दा बढि शाखा बागमती प्रदेशमा : Icon Khabar

काठमाडौं, जेठ १८ । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकले नविल बैंक अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ्ग सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए।

बैंकका अध्यक्ष पौडेलले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको जानकारी दिए । उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकहरूको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए । डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा र कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको सङ्ख्या २५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts