बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १८ । बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा आइपुगेको छ । आज १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्ला दुई कारोबार दिनमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा बिहीबार २७२ स्टकको २९ हजार ९२२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता शयर खरिदबिक्री भएको छ। नेप्से बढ्दा भोल्यूम घट्नुले बजार बलियो नभएको संकेत गर्दछ।

बिहीबार जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बिपीडब्लुको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने एशियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य आज सर्वाधिक ६ प्रतिशत घटेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको आत्मनिर्भर लघुवित्तको शेयरमूल्य आज ५.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार पनि प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 01 June 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता