बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १८ । बिहिबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा आइपुगेको छ । आज १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्ला दुई कारोबार दिनमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा बिहीबार २७२ स्टकको २९ हजार ९२२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता शयर खरिदबिक्री भएको छ। नेप्से बढ्दा भोल्यूम घट्नुले बजार बलियो नभएको संकेत गर्दछ।

बिहीबार जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बिपीडब्लुको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने एशियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य आज सर्वाधिक ६ प्रतिशत घटेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको आत्मनिर्भर लघुवित्तको शेयरमूल्य आज ५.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बिहीबार पनि प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts