राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि

राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि : Icon Khabar

काठमाडौं, जेठ १८ । टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न