राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि

राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि : Icon Khabar

काठमाडौं, जेठ १८ । टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ ।

Published Date: 01 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग