आइतबार नेप्से परिसूचक १७.३८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १७.३८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १४ । आइतबार नेप्से परिसूचक १७.३८ अंक घटेर १९४१.७४ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। आज २७० स्टकको ४७ हजार ६७४ पटकको कारोबारमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको ७० लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूमध्ये आज २ उपसमूहको परिसूचक बढेको हो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएका विका सबैंक, वित्त, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts