अभिनेत्री बिपना थापा ‘युग नायिका’ को उपाधिबाट सम्मानित

अभिनेत्री बिपना थापा ‘युग नायिका’ को उपाधिबाट सम्मानित : Icon Khabar

काठमाडौं, जेठ १२ । अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाएकी छिन् । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई यो उपाधि दिइएको हो ।

कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायांकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरेका हुन्।

‘जन्मभूमि’ बाट फिल्म अभिनयमा भित्रिएकी बिपनालाई धेरै फिल्ममा देख्न सकिन्छ । विवाहपछि भारतमा बस्दै आउनुभएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आउनुभएको थियो ।

Published Date: 28 May 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु