आज नेप्से बन्द, सेयर कारोबार नहुने

आज नेप्से बन्द, सेयर कारोबार नहुने : Icon Khabar

काठमाडौँ, जेठ ११ । गृह मन्त्रालयले  बिहिबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदासँगै बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ। आज नेप्सेको सम्पूर्ण कारोबार बन्द हुनेछ । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 May 2023
Website | + posts