अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपाल पराजित

अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, जेठ १० । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५-१२ २६-२४, २१-२५, २५-२१ को जित निकालेको हो ।

समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल समूह उपविजेता बन्यो । भारत समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूहमा भारतले तीन खेलबाट ९ र नेपालले ६ अङ्क बनायो । सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । भारतले समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु