अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपाल पराजित

अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग नेपाल पराजित : Icon Khabar

काठमाडौं, जेठ १० । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भयो । भारतले नेपालमाथि २५-१२ २६-२४, २१-२५, २५-२१ को जित निकालेको हो ।

समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको नेपाल समूह उपविजेता बन्यो । भारत समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । समूहमा भारतले तीन खेलबाट ९ र नेपालले ६ अङ्क बनायो । सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता काजकिस्तानसँग खेल्नेछ । भारतले समूह ‘बी’ को उपविजेता उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने