आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान,

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना : Icon Khabar

काठमाडौं, जेठ १० ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । अध्यक्ष तिमिल्सिनाले उनकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उनको टोलीलाई सम्मान गरेको हो ।

सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुबै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर सबैको प्रेरणाको स्रोत भएको बताए । उनले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । उनले भने ,“ सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभुषण प्रदान गर्नुगर्छ । उनलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”

बुढामगरले सम्मान गरेपछि हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुशी लागेको बताए । उनले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताए । शारीरिक अशक्त भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाई थियो । उनले भने ,“ आज सम्मानित हुन पाउँदा निकै खुशी छु । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ ।आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरूले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ।’

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्न सफल भएका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेको छ ।

(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति