कलाकार मानन्धर र अधिकारी भारतमा दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित

कलाकार मानन्धर र अधिकारी भारतमा दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित : Icon Khabar

काठमाडौं, जेठ १० । नेपाली चलचित्रकी कलाकार करिश्मा मानन्धर र कलाकार तथा चलचित्र निर्देशक आकाश अधिकारीलाई दादासाहेब फाल्के फिल्म अवार्ड २०२३ बाट सम्मानित गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै नेपाली कलाकार जोडीलाई उक्त प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मानन्धरलाई उत्कृष्ट अभिनेत्री र अधिकारीलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको थियो ।

यो यस वर्षको अवार्डको ६९ औं संस्करण थियो।

सामाजिक सञ्जालमार्फत् मानन्धरले कृतज्ञता व्यक्त गर्दै लेखेकी छिन्, ‘कला एक विश्वव्यापी भाषा हो, जसले सिमाना नाघेर मानव जीवनलाई समृद्ध बनाउँछ ।

त्यस्तै, अधिकारीले मुम्बईलाई आफ्नो दोस्रो स्वर्ग ठानेको बताए । “मैले स्वर्गको बारेमा मात्र सुनेको छु। अहिलेसम्म देखेको छैन। मेरो देश नेपाल स्वर्ग जस्तै छ। त्यसपछि मुम्बई आउँछ जुन मेरो लागि अर्को स्वर्ग हो। त्यहीँबाट मैले सिक्ने र काम गर्ने मौका पाएँ,” उनले सामाजिक सञ्जालमा टिप्पणी गरे।

भारतका निर्माता, निर्देशक र पटकथा लेखक दादासाहेब फाल्केको नामबाट सम्मानित वार्षिक पुरस्कार, सिनेमामा उत्कृष्ट योगदानको कदर गर्दै प्रदान गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट