कलाकार मानन्धर र अधिकारी भारतमा दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित

कलाकार मानन्धर र अधिकारी भारतमा दादासाहेब फाल्के फिल्म अवार्डबाट सम्मानित : Icon Khabar

काठमाडौं, जेठ १० । नेपाली चलचित्रकी कलाकार करिश्मा मानन्धर र कलाकार तथा चलचित्र निर्देशक आकाश अधिकारीलाई दादासाहेब फाल्के फिल्म अवार्ड २०२३ बाट सम्मानित गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै नेपाली कलाकार जोडीलाई उक्त प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मानन्धरलाई उत्कृष्ट अभिनेत्री र अधिकारीलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको थियो ।

यो यस वर्षको अवार्डको ६९ औं संस्करण थियो।

सामाजिक सञ्जालमार्फत् मानन्धरले कृतज्ञता व्यक्त गर्दै लेखेकी छिन्, ‘कला एक विश्वव्यापी भाषा हो, जसले सिमाना नाघेर मानव जीवनलाई समृद्ध बनाउँछ ।

त्यस्तै, अधिकारीले मुम्बईलाई आफ्नो दोस्रो स्वर्ग ठानेको बताए । “मैले स्वर्गको बारेमा मात्र सुनेको छु। अहिलेसम्म देखेको छैन। मेरो देश नेपाल स्वर्ग जस्तै छ। त्यसपछि मुम्बई आउँछ जुन मेरो लागि अर्को स्वर्ग हो। त्यहीँबाट मैले सिक्ने र काम गर्ने मौका पाएँ,” उनले सामाजिक सञ्जालमा टिप्पणी गरे।

भारतका निर्माता, निर्देशक र पटकथा लेखक दादासाहेब फाल्केको नामबाट सम्मानित वार्षिक पुरस्कार, सिनेमामा उत्कृष्ट योगदानको कदर गर्दै प्रदान गरिन्छ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु