जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) अनुदान सहायता स्वीकार गर्ने

जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) अनुदान सहायता स्वीकार गर्ने : Icon Khabar

काठमाडौं, जेठ ९ । मन्त्रिपरिषद्को बैठकले जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) तेस्रो चरण, प्रथम ब्याचका लागि प्राप्त हुने करिव ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले उक्त निर्णय गरेको जानकारी दिएकी हुन ।

यसैगरी विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि शिक्षाको लागि विश्वब्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन अमेरिकी डलर बराबराको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको छ । यस्तै बिद्यालय क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री शर्माले बताईन्।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस दिवस मनाउने निर्णय गरेको उनले जानकारी दिइन्।

Published Date: 23 May 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न