उत्पादन वृद्धि, रोजगारी सिर्जनामा ​​नीति, कार्यक्रम केन्द्रित : प्रधानमन्त्री दाहाल

उत्पादन वृद्धि, रोजगारी सिर्जनामा ​​नीति, कार्यक्रम केन्द्रित : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा ​​केन्द्रित रहेको बताएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा यही जेठ ५ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०८० – ८१ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमको मुख्य विषय उत्पादन बढाउन र सकेसम्म रोजगारी कसरी सिर्जना गर्ने भन्ने रहेको बताए ।

नीति तथा कार्यक्रमले संघीयतालाई सुदृढ गर्ने, संरचनागत सुधार र अर्थतन्त्रको पुनरुत्थान गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्ने, औद्योगिक क्षेत्रको प्रवद्र्धन र उत्पादन र रोजगारी बढाउने बताए ।

निर्यात प्रवद्र्धन, सार्वजनिक सेवामा सबैको पहुँच, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्याय, शान्ति सुरक्षा कायम गर्ने जस्ता विषयलाई जोड दिँदै नीति तथा कार्यक्रम तयार गरिएको प्रधानमन्त्री दाहालले बताए ।

सबैको साझा प्रयासबाट नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उनले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन सम्भव भएको बताए ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा राष्ट्रिय आकांक्षा प्रष्ट रूपमा प्रतिबिम्बित हुने पनि बताए । समृद्ध, बलियो र न्यायपूर्ण नेपाल निर्माण, राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने सर्वोच्च लक्ष्य हासिल गर्ने दृढ संकल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 May 2023
Website | + posts