बार्सिलोनाको लगातार दोस्रो हार

बार्सिलोनाको लगातार दोस्रो हार : Icon Khabar

काठमाडौं, जेठ  १० । यस सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भएको हो । बार्सिलोना यसअघि रियल सोसिडाडसँग २–१ ले पराजित भएको थियो ।

भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई हार चखाउन रियल भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गर्दा एक गोल उपहार पाएको थियो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । डार्विन माचिसको क्रसलाई क्लियर गर्ने क्रममा आन्द्रेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

२२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए । गोन्जालो प्लाटालाई पेनाल्टी बक्समा एरिक गार्सियाले फउल गरेपछि रेफ्रीले भालाडोलिडलाई पेनाल्टी प्रदान गर्दा साइल चुकेनन् ।

७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई ३–० ले अघि बढाए ।उनले साइल लरिनको पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।

यस लगातार दोस्रो हारसँगै च्याम्पियन बनिसकेको बार्सिलोनाको ३६ खेलबाट ५ अंक छ । बार्सिलोनालाई हराएको भालाडोलिड ३६ खेलबाट ३ अंक जोडेर १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 May 2023
Website | + posts