बार्सिलोनाको लगातार दोस्रो हार

बार्सिलोनाको लगातार दोस्रो हार : Icon Khabar

काठमाडौं, जेठ  १० । यस सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भएको हो । बार्सिलोना यसअघि रियल सोसिडाडसँग २–१ ले पराजित भएको थियो ।

भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई हार चखाउन रियल भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गर्दा एक गोल उपहार पाएको थियो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । डार्विन माचिसको क्रसलाई क्लियर गर्ने क्रममा आन्द्रेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

२२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए । गोन्जालो प्लाटालाई पेनाल्टी बक्समा एरिक गार्सियाले फउल गरेपछि रेफ्रीले भालाडोलिडलाई पेनाल्टी प्रदान गर्दा साइल चुकेनन् ।

७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई ३–० ले अघि बढाए ।उनले साइल लरिनको पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।

यस लगातार दोस्रो हारसँगै च्याम्पियन बनिसकेको बार्सिलोनाको ३६ खेलबाट ५ अंक छ । बार्सिलोनालाई हराएको भालाडोलिड ३६ खेलबाट ३ अंक जोडेर १७औं स्थानमा छ ।

Published Date: 24 May 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु