सरकारले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने

सरकारले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने : Icon Khabar

काठमाडौं, जेठ ५ । सरकारले नागरिकताको समस्या तत्काल समाधान गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाउने भएको छ ।

आतंकवाद र संगठित अपराध, सम्पत्ति शुद्धीकरण, हिंसा, साइबर अपराध, अवैध लागुऔषध ओसारपसारलगायतका सबै प्रकारका आपराधिक गतिविधिलाई नियन्त्रण गर्न आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निकायलाई सशक्त बनाइने पौडेलले बताए ।

त्यसैगरी सरकारले कारागारमा भीडभाड नहोस् भन्नका लागि आगामी ५ वर्षभित्र पुराना कारागार सञ्चालन र नयाँ कारागार निर्माण गर्ने भएको छ ।

Published Date: 19 May 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु