सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले सेयर पाए

सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले सेयर पाए : Icon Khabar

काठमाडौं, जेठ ५ । सिटी होटलको आइपीओ आज बाँडफाँट भएको छ । आवेदन दिएकाहरु मध्य १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर पाएका छन् ।

यस आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएकामा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने