सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले सेयर पाए

सिटी होटलको आइपीओ बाँडफाँट, १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले सेयर पाए : Icon Khabar

काठमाडौं, जेठ ५ । सिटी होटलको आइपीओ आज बाँडफाँट भएको छ । आवेदन दिएकाहरु मध्य १ लाख ३५ हजार ५९४ जना आवेदकहरुले १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर पाएका छन् ।

यस आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएकामा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

Published Date: 19 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग