अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक : Icon Khabar

काठमाडौँ, जेठ ५ । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सहकार्यमा गरिएको एक अध्ययनबाट अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको हो ।

महासंघका अध्यक्ष चन्द्र ढकालले २०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको बताए । उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ।

अर्थतन्त्रको यो तीब्र विस्तारको मुख्य आधार निजी क्षेत्र रहेको ढकालको भनाई छ । त्यस्तै नेपालमा उपलब्ध रोजगारीमा ८५.६ प्रतिशत निजी क्षेत्रबाट प्रदान हुने गरेको समेत अध्ययनले देखाएको छ ।

Published Date: 19 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग