अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत, निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक : Icon Khabar

काठमाडौँ, जेठ ५ । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सहकार्यमा गरिएको एक अध्ययनबाट अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको हो ।

महासंघका अध्यक्ष चन्द्र ढकालले २०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको बताए । उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ।

अर्थतन्त्रको यो तीब्र विस्तारको मुख्य आधार निजी क्षेत्र रहेको ढकालको भनाई छ । त्यस्तै नेपालमा उपलब्ध रोजगारीमा ८५.६ प्रतिशत निजी क्षेत्रबाट प्रदान हुने गरेको समेत अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 May 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने