सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार हुँदै

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, जेठ ५ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ९ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको छ ।

Published Date: 19 May 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग