रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा

रियल म्याड्रिडमाथि सानदार जित निकाल्दै सिटी फाइनलमा : Icon Khabar

काठमाडौं, जेठ ४ । साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडमाथि सानदार जित निकाल्द इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले फाइनल यात्रा तय गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दोस्रो लेगमा सिटीले घरेलु मैदानमा एकपक्षीय प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।

खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो

७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । उनको प्रहार एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पु¥याए ।

८९औं मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका अल्भारेजले अर्काे परिवर्तित खेलाडी फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । घरेलु मैदानमा सिटीले सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो ।

दोस्रो हाफको शुरुमा सिटीलाई दवावमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल खाएपछि रियलको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।

सिटीले यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहो¥याएन । सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो ।

अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ ।

इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।

Published Date: 18 May 2023
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी