अन्तर्राष्ट्रिय वित्त निगमद्वारा सिद्धार्थ बैंकलाई ५५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

अन्तर्राष्ट्रिय वित्त निगमद्वारा सिद्धार्थ बैंकलाई ५५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत : Icon Khabar

काठमाडौं, जेठ ३। सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ५५ मिलियन अमेरिकी डलर ऋण स्वीकृति पाएको छ।

आईएफसीले नेपाली बैंकलाई दिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण हो । निगमको ऋण वित्तीय क्षेत्रमा पहिलो विदेशी मुद्रा सिन्डिकेटेड ऋण सुविधा हो जुन नेपालको बैंकलाई बाह्य व्यावसायिक ऋणको रूपमा वर्गीकृत गरिएको छ।

सिद्धार्थ बैंकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आईएफसीले प्रदान गरेको ऋण एमएसएमई र जलवायु वित्त पोषणमा प्रयोग गरिनेछ।

सिद्धार्थ बैंकले आफ्नो पोर्टफोलियो बढाउनमा ध्यान केन्द्रित गरेको छ। उक्त ऋणले बैंकलाई आफ्नो लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

साथै, सिद्धार्थ बैंकले सोलार प्रोजेक्ट, कम कार्बन मोबिलिटी प्रोजेक्टहरू जस्तै इलेक्ट्रिक वाहन, पानी दक्षता परियोजनाहरू, क्लाइमेट स्मार्ट एग्रीकल्चर जस्ता ऊर्जा दक्षता परियोजनाहरूका लागि वित्तपोषण गर्ने जलवायु-मैत्री परियोजनाहरूमा आफ्नो पोर्टफोलियो बढाउन ऋण प्रयोग गर्नेछ।

२७३.८३ अर्ब रुपैयाँको सम्पत्ति भएको सिद्धार्थ बैंकको निक्षेप २१६.९६ अर्ब रुपैयाँ छ। बैंकले १८९ अर्ब ५४ करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ । यसले देशभर १९५ शाखा, २२३ एटीएम र १,७४४ पोस सञ्चालन गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts