आज ३०औं मदन-आश्रित स्मृति दिवस मनाइँदै

आज ३०औं मदन-आश्रित स्मृति दिवस मनाइँदै : Icon Khabar

काठमाडौं, जेठ ३ । नेकपा (एमाले)ले आज (बुधबार) जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

मदनआश्रितको योगदानबारे पार्टी निकट सङ्गठनले सबै जिल्लामा श्रद्धाञ्जलीसभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

aa
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts