मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक : Icon Khabar

काठमाडौं, जेठ ३ । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनऊले प्लेअफ सम्भावना मजबुत बनाएको छ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल लखनऊले शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ ।

चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेकोछ ।

मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोेड्दै चौथो स्थानमा छ । मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 May 2023
Website | + posts