मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक : Icon Khabar

काठमाडौं, जेठ ३ । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनऊले प्लेअफ सम्भावना मजबुत बनाएको छ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल लखनऊले शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ ।

चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेकोछ ।

मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोेड्दै चौथो स्थानमा छ । मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्छ ।

Published Date: 17 May 2023


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग