नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न नेपाल र भारत सहमत

नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न नेपाल र भारत सहमत : Icon Khabar

झापा, जेठ २ । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासक नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न सहमत भएका छन् ।

नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको सोमबार भारतको किशनगञ्जमा बसेको बैठकमा नो म्यानजल्याण्डका संरचना हटाउने सहमति भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व बिहार प्रदेशको किशनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए ।

सो अवसरमा जिल्ला अधिकारी शास्त्रीले दुई देशको सिमानाबीचको नो म्यान जग्गालाई अतिक्रमणमुक्त बनाउने सहमति भएको बताए । खोलाले बगाएर हराएको सीमा स्तम्भ खोजी पुरानै स्थानमा पुर्नस्थापना गर्ने पनि सहमति भएको छ ।

त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमावर्ती क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दपूर्ण छलफल भएको बताए । हात्तीको आतंक, लागुऔषधको व्यापार, मानव बेचबिखन, तस्करी जस्ता महत्वपूर्ण विषयलाई नियन्त्रण गर्न नेपालले भारतीय पक्षलाई आग्रह गरेको उनले बताए । ‘सीमा क्षेत्रमा हुने आपराधिक घटनालाई नियन्त्रण गर्न सहयोग गर्ने सहमति भएको छ,’ उनले भने ।

बैठकमा सीमा क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनको नियमित चेकजाँच र अपराधी पक्राउका लागि सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको झापा जिल्लाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

नेपाल र भारतको झापामा ११८ किलोमिटर र मोरङमा ५३ किलोमिटर लामो सीमा क्षेत्र रहेको छ ।

Published Date: 16 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय