नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न नेपाल र भारत सहमत

नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न नेपाल र भारत सहमत : Icon Khabar

झापा, जेठ २ । नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासक नो म्यान जग्गा खाली गर्न र भत्केका सीमास्तम्भ मर्मत गर्न सहमत भएका छन् ।

नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको सोमबार भारतको किशनगञ्जमा बसेको बैठकमा नो म्यानजल्याण्डका संरचना हटाउने सहमति भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व बिहार प्रदेशको किशनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए ।

सो अवसरमा जिल्ला अधिकारी शास्त्रीले दुई देशको सिमानाबीचको नो म्यान जग्गालाई अतिक्रमणमुक्त बनाउने सहमति भएको बताए । खोलाले बगाएर हराएको सीमा स्तम्भ खोजी पुरानै स्थानमा पुर्नस्थापना गर्ने पनि सहमति भएको छ ।

त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमावर्ती क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दपूर्ण छलफल भएको बताए । हात्तीको आतंक, लागुऔषधको व्यापार, मानव बेचबिखन, तस्करी जस्ता महत्वपूर्ण विषयलाई नियन्त्रण गर्न नेपालले भारतीय पक्षलाई आग्रह गरेको उनले बताए । ‘सीमा क्षेत्रमा हुने आपराधिक घटनालाई नियन्त्रण गर्न सहयोग गर्ने सहमति भएको छ,’ उनले भने ।

बैठकमा सीमा क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनको नियमित चेकजाँच र अपराधी पक्राउका लागि सूचना आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको झापा जिल्लाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

नेपाल र भारतको झापामा ११८ किलोमिटर र मोरङमा ५३ किलोमिटर लामो सीमा क्षेत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?