नेपालमै बनेको मोटरसाइकल पहिलोपटक दर्ता, यात्री मोटरसाइकल पनि दर्ता

नेपालमै बनेको मोटरसाइकल पहिलोपटक दर्ता, यात्री मोटरसाइकल पनि दर्ता : Icon Khabar

काठमाडौँ, जेठ २ । नेपालमै बनेको यात्री मोटरसाइकल पहिलोपटक दर्ता भएको छ । यातायात कार्यालयले मे १५ तारिखमा यात्री पी १ मोटरसाइकल दर्ता गरेको हो ।

यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको जनाएको हो ।

कम्पनीले आफ्नो पेज मार्फत यात्री मोटरसाइकलले औपचारीक रुपमा दर्ता पाएको जानकारी दिएको छ ।
गत केहि हप्ता अघि संसददेखि सडकसम्म नेपालमा बनेको मोटरसाइलक दर्ताको माग राख्दै चौतर्फि विरोध हुँन थालेपछि प्रधानमन्त्रीकै अग्रसर्तामा नेपालमा बनेको मोटरसाइकल दर्ता प्रक्रियामा आएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि १४ वैशाखमा यातायात व्यवस्था विभागले निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न बाटो खुलाएको थियो । कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।

गत बैशाख दोस्रो साता यातायात विभागले निर्देशिका संशोधन गर्दै ‘निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै सरकारले निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरेको छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 May 2023
Website | + posts