नेपालमै बनेको मोटरसाइकल पहिलोपटक दर्ता, यात्री मोटरसाइकल पनि दर्ता

नेपालमै बनेको मोटरसाइकल पहिलोपटक दर्ता, यात्री मोटरसाइकल पनि दर्ता : Icon Khabar

काठमाडौँ, जेठ २ । नेपालमै बनेको यात्री मोटरसाइकल पहिलोपटक दर्ता भएको छ । यातायात कार्यालयले मे १५ तारिखमा यात्री पी १ मोटरसाइकल दर्ता गरेको हो ।

यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको जनाएको हो ।

कम्पनीले आफ्नो पेज मार्फत यात्री मोटरसाइकलले औपचारीक रुपमा दर्ता पाएको जानकारी दिएको छ ।
गत केहि हप्ता अघि संसददेखि सडकसम्म नेपालमा बनेको मोटरसाइलक दर्ताको माग राख्दै चौतर्फि विरोध हुँन थालेपछि प्रधानमन्त्रीकै अग्रसर्तामा नेपालमा बनेको मोटरसाइकल दर्ता प्रक्रियामा आएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि १४ वैशाखमा यातायात व्यवस्था विभागले निर्देशिका संशोधनम गरी नेपालमै बनेका सवारी दर्ता गर्न बाटो खुलाएको थियो । कानुनी बाधा फुकाएपछि यात्रीले मूल्य अभिवृद्धि कर (भ्याट) बिल, अन्तःशुल्क निकासी फारमका आधारमा बाइक दर्ता हुन पाएको हो ।

गत बैशाख दोस्रो साता यातायात विभागले निर्देशिका संशोधन गर्दै ‘निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै सरकारले निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरेको छ’ ।

Published Date: 16 May 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता