गत वर्ष भन्दा यस बर्ष एलआइसी नेपालको नाफा बढ्यो

गत वर्ष भन्दा यस बर्ष एलआइसी नेपालको नाफा बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २८ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२९४.९२% ले वृद्धि गरेको हो । गत वर्ष कम्पनीले ६० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । एलआइसी नेपालको खुद बिमा शुल्क आर्जन ५.४८% ले घटेर १२ अर्ब ८७ करोड रुपैयाँमा आएको छ ।

लगानी कर्जा तथा अन्य आम्दानीमा भने ७.३३% सुधार भएको छ । यसको जीवन बिमा कोषको आकार भने १५.७६% ले बढेर १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले उक्त पुँजीमा ८८.४५१६८% हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । एलआइसी नेपालकोे प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९५ पैसा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 May 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित