गत वर्ष भन्दा यस बर्ष एलआइसी नेपालको नाफा बढ्यो

गत वर्ष भन्दा यस बर्ष एलआइसी नेपालको नाफा बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २८ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १२९४.९२% ले वृद्धि गरेको हो । गत वर्ष कम्पनीले ६० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । एलआइसी नेपालको खुद बिमा शुल्क आर्जन ५.४८% ले घटेर १२ अर्ब ८७ करोड रुपैयाँमा आएको छ ।

लगानी कर्जा तथा अन्य आम्दानीमा भने ७.३३% सुधार भएको छ । यसको जीवन बिमा कोषको आकार भने १५.७६% ले बढेर १ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले उक्त पुँजीमा ८८.४५१६८% हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ । एलआइसी नेपालकोे प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९५ पैसा छ

Published Date: 11 May 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग