यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने तर तापक्रम बढ्ने

यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने तर तापक्रम बढ्ने : Icon Khabar

काठमाडौं, वैशाख २८ । यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने बताइएको छ । यस्तै गर्मी पनि बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षा याममा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतले छ ।

अहिले प्रशान्त महासागरमा विकसित भएको वायुको प्रभाव बढी भएका कारण नेपालमा कम मात्रामा पानी पर्ने आँकलन गरिएको हो । यस्तै युरोप र एसिया महादेशमा हिउँदमा परेको हिउँका आधारमा पनि नेपालको मनसुनमा पर्ने वर्षाको आँकलन गरिएको छ ।

नेपालको सन्दर्भमा काठमाडौंमा एक हजार ९२ मिलिमिटर सम्म परेको वर्षालाई न्यूनतम वर्षा मान्ने गरिएको छ भने एक हजार २५७ मिलिमिटरभन्दा माथि भए यसलाई औसतभन्दा बढी वर्षा भएको मानिने गरिएको छ।

यस्तै काठमाडौं बाहिर पोखराको हकमा भने दुई हजार ७३७ मिलिमिटर पानी परे न्यूनतम वर्षा भएको मान्ने गरिएको छ भने तीन हजार ५०८ मिलिमिटर माथि भएको वर्षालाई औसतभन्दा बढी वर्षा भएको मानिने कँडेलको भनाइ छ ।

गत वर्ष देशका अधिकांश स्थानमा देशका अधिकांशमा सरदरभन्दा बढी वर्षा भएको मापन गरिएको थियो भने केही स्थानमा सरदर वा सरदर भन्दा कम वर्षा भएको मापन गरिएको थियो ।

Published Date: 11 May 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी