हैदरावादको कीर्तिमानी जित, ४ विकेटले हार्यो राजस्थान

हैदरावादको कीर्तिमानी जित, ४ विकेटले हार्यो राजस्थान : Icon Khabar

काठमाडौं, वैशाख २५ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई कीर्तिमानी जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो ।

हैदराबादका ग्लेन फिलिप्स ७ बलमा १ चौका र ३ छक्कासहित २५ रन बनाउँदै खेलको प्लेयर अफ द म्याच चुनिए । ओपनर अभिषेक शर्मा ३४ बलमा ५ चौका र २ छक्कासहित ५५, अनोमलप्रीत सिंह ३३ र एडेन माक्ररम ६ रनमा आउट भए । राहुल त्रिपाठी २९ बलमा २ चौका र ३ छक्कासहित ४७ तथा हेनरिक क्लासेन १२ बलमा २ चौका र २ छक्कासहित २६ रनमा आउट भए ।

अब्दुल सामद ७ बलमा २ छक्कासहित १७ रनमा नटआउट रहे । राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । कुलदीप यादव र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।

त्यसअघि जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९५ रनको योगदान दिएपनि टोलीले जित्न सकेन । तीव्र गतिका बलर भुवनेश्वर कुमारले १९ औं ओभरको तेस्रो बलमा एलबीडब्लू आउट गरेपछि बटलर आइपिएल करिअरको छैटौं शतक बनाउन पाँच रनले चुकेका थिए । भुवनेश्वरले रिभ्युका साथ पेभेलिएन फर्काएका थिए ।

दोस्रो विकेटका लागि कप्तान सञ्जु स्यामसन र जस बटलरले १ सय ३८ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । राजस्थानका युवा ओपनर यशस्वी जैसवालले १८ बलमा ५ चौका र २ छक्कासहित ३५ रन जोड्दै आउट भए ।

सन्जु स्यामसन ३८ बलमा ४ चौका र ५ छक्कासहित ६६ रनमा अविजित थिए । शिम्रन हेटमायर ५ बलमा ७ रनमा अविजित रहे । हैदराबादका भुवनेश्वर कुमार र मार्को यानसनले समान एक विकेट लिए ।

Published Date: 08 May 2023
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय